काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् ।
यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् । माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिए ।
‘आजको दलको बैठकमा हामी जान्छौ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ,’ पाण्डेले भने । आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।
उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।