रेशम चौधरीको रिहाइ गर्न सरकार तयार, नेम्बाङले यथार्थ बताए


ओकेजनता डेस्क
१३ चैत्र २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमाले संसदीय दलका उप नेता सुवास नेम्वाङले नेता रेमश चौधरी जे लबाट रिहाइ हुने दाबी गर्नु भएको छ । एक सञ्चार माध्यमसँग कुरा गर्दै नेम्वाङले कानुनी रुपमै चौधरी रि हाइ हुने दाबी समेत गर्नु भएको हो ।

सरकार निमार्णका लागि सबै दलसँग छलफल भइरहेपनि जसपाका मागका बारेमा छलफल भइरहेको र सकारात्मक छलफल भइरहेको उपनेता नेम्वाङले बताउनुभयो । सरकार निमार्णमा विषयमा भने सबै दल कांग्रेस लगायत अन्य दलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

सरकार धरमराई रहेको अवस्थामा नरहेको दावी गदै नेम्वाङले भन्नुभयो ‘हामी संविधान बमोजिम अगाडी बढ्छौ ।’ अर्को प्रसंगमा नेता नेम्वाङले एमालेलाई एकढिक्का र एक जुट बनाउनको लागि हामी सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । माधब कुमार नेपालसहित पार्टीलाई मिलाएर लैजान हामी सबै भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

अहिले जसपा सरकारमा जानका लागि तयार भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकूरको समूह सरकारमा जान तयार रहेको छ । यता, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का संयोजक बाबुराम भट्टराई भने अहिले सरकारमा जान नहुने तर्क गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको विभाजन गरेर भएपनि सरकार गठन गर्ने तयारी गर्नुभएको छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएलगत्तै जसपा फुट्ने धेरैको आंकलन छ ।

अहिलेको अवस्थामा प्रतिपक्षी दल कांग्रेस भने सरकारमा जाने तयारीमा छैन ।

प्रतिक्रिया दिनुहोस्