रेशमको रिहाई प्रक्रिया यसरी शुरु गरियो


ओकेजनता डेस्क
१२ चैत्र २०७७, बिहीबार

काठमाडौं । गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मु द्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् ।

रेशम र लक्ष्मणलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

उनकाअनुसार थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए । उनले माग सम्‍बोधनका लागि सरकारले वार्ता टोली बनाउने समेत आश्‍वासन दिए ।

थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घट नामा फौजदारी मुद्दा लागेकाहरूको मु द्दा फिर्ता र दो षी ठहर भई जे लमा रहेकाहरूको रिहाइको माग गर्दै धर्नामा छन् ।

प्रतिक्रिया दिनुहोस्