मिल्यो एमाले ओली र खनाल–नेपाल पक्ष


ओकेजनता डेस्क
११ चैत्र २०७७, बुधबार

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल पक्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

योसँगै मुख्यमन्त्री राईको पद जोगिएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिनुभयो ।

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन् । जसले सरकार निर्माण गर्न बहुमत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्