सलमान खानले एक एपिसोडमा बोलेको १६ करोड !


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । भारतको सबैभन्दा ठूलो रियालिटी शो बिग बासमा सलमान खानले विगत ११ वर्षदेखि होस्ट गरिरहेका छन् ।

सलमानले होस्ट गरेवापत् कति रकम माग गर्छन् भन्नेमा वर्षेनी चर्चा चलिरहेको हुन्छ ।
बिग बाससँग सलमानको सम्बन्ध प्रोफेस्नल भन्दा पनि प्रसनल भएको पनि चर्चा चल्ने गरेको छ । लामो समय होस्ट बसेका सलमानले बिग बासबाट मोटो रकम लिने गरेका छन् ।

सलमान बिना बिगबासको कल्पना पनि गर्न नसकिने केही भारतीय दर्शकको तर्क पनि छ ।
बिग बास २०२० कालागि सलमान खानले प्रत्येक एपिसोडको १६ करोड लिने गरी सम्झौता भएको चर्चा थियो ।

त्यसैगरी केहीले दबंग खान बिग बास १४ का लागि ४ सय ५० करोड लिने हल्ला पनि चलेको थियो ।
सलमानले बिग बासबाट अरु रियालिटी शो वा अभिनेता भन्दा मोटो रकम असुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्