बढ्दै कोरोना संक्रमित, छैनन् बेड !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

रुपन्देही । प्रदेश नम्बर ५ मा पछिल्लो समय कोरोना संक्रमित थपिने क्रम बढेको छ । तर, आवश्यक मात्रामा आईसियु बेड र भेन्टिलेटर नहुँदा संक्रमितलाई जोखिम बढेको छ ।

रुपन्देहीको बुटवलमा आइतबार दिउँसो एक जना ६१ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भयो । उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका उहाँलाई जिन एक्सप्ट विधिबाट पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य बिग्रिदो भएका कारण तत्काल आईसियुमा राख्नुपर्ने भएपनि कोरोना विशेष अस्पतालमा आईसीयुमा बेड खाली थिएनन् । रुपन्देहीबाट अन्यत्र लैजान पनि सम्भव थिएन । बेड नै नपाएर मृत्यु भएको यो पहिलो घटना हो । तर प्रदेश सरकारले आईसियु र भेन्टिलेटर थप नगर्ने हो भने यसैगरी अन्यको ज्यान जाने निश्चित छ ।

कोरोना संक्रमितको उपचार लागि प्रदेश सरकारले आईसियुमा बेड थप गरिरहेको जनाएको छ । रुपन्देहीमा बढ्दै गएको कोरोना संक्रमणलाई कम गर्न सचेतनामूलक कार्यक्रमका साथै अस्पताललाई व्यवस्थित पार्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्