प्रधानमन्त्रीले बालुवाटारमा हसाए


ओकेजनता डेस्क
१० चैत्र २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला नोपाली राजनीतिको चर्चामा छन् । २०७५ साल जेठ ३ गते नेपालका दुई वामघटकको एकता गराएर दुई तिहाइ बहुमत ल्याउन सफल कम्युनिष्ट पार्टी सर्वोच्चको फैसलापछि भने पुनः पूर्ववत रुपमा फर्किएको छ ।

अहिले नेकपा एमालेलाई आफ्नो विरासत जोगाउन हम्मे हम्मे परेको छ । सत्तालाई लम्ब्याउन र आफ्नै नेतृत्वमा निर्वाचन गराउन प्रधानमन्त्री ओली विभिन्न तिकडम गरिरहेका छन् । आफ्ना पार्टीका नेताहरुलाई खेदेर हुन्छ वा फकाएर केही समयसम्म यस्तै तवरले अगाडि बढ्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोत बताउँछ ।

उसो त एमालेका सबै नेताहरुलाई मिलाएर जान नसके आफै कमजोर परिन्छ भन्ने उनको भित्रि बुझाइ छ । सकेसम्म जीवनकाल भरिका तिक्तताहरुलाई मेट्ने यो अवसर ओलीका लागि केही समयसम्म चल्नेछ । बेलाबखत प्रधानमन्त्री ओलीले खनाल–नेपाल पक्षलाई हाँसोमा पनि उडाउने गरेका छन् ।

एक नेताका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा बसेर आफू इत्तरका सबै नेताहरुको अपडेट लिइरहेका हुन्छन् । कुन नेता कसरी प्रस्तुत भइरहेका छन् उनलाई सबै थाहा हुन्छ । तर, कहिलेकाहीँ उनी निकट विश्वास पात्रले भएको भन्दा बढी कुरा लगाउँदा एकतामा समस्या भइरहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले केही दिन अघि के छ अपमानको खबर भन्दै माधवकुमार नेपालको कटाक्ष गरेको एक नेताको भनाइ छ । उसो त माधवकुमार नेपाल पनि ओलीविरुद्ध खरो रुपमा उत्रिएका छन् । उनले बेलाबखत खड्गलाई गलत ठाउँमा प्रयोग गरिएको बताउँदै आएका छन् ।

 

सामान्यतया पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फूर्के, धरहरा कालीगडले बनाएको बताउने झलनाथ खनाल र अपमान भन्ने माधवकुमार नेपाललाई चिन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्