प्रधानमन्त्रीले महन्थ ठाकूरलाई बोलाएर दिए सरप्राइज


ओकेजनता डेस्क
१० चैत्र २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवाद पार्टी (जसापा) का नेताहरू बालुवाटार पुगेका छन् ।

सम्भावित सत्ता समीकरणका लागि प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच सोमबार साँझ पनि छलफल भएको थियो ।

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्