भारतमा नयाँ कोरोना, नेपालका सीमा नाका ह्वाङ्गै


ओकेजनता डेस्क
१० चैत्र २०७७, मंगलवार

काठमाडौं । देशमा कोरोनाका त्रास घटेर जनजीवन सामान्य हुँदै गएका बेला आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै संक्रमणलाई लिएर सचेतता अपनाउन आग्रह ग¥यो । यसले फेरि जनमानसमा चर्चा सुरु भएको छ, कतै लकडाउन हुने त होइन ?

मन्त्रालयले विज्ञप्तिमा देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न, सामाजिक र भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ । जनताले बिर्सँदै गएका यी सचेतताका कुराहरु अहिले मन्त्रालयले किन सम्झायो त ? यसको कारण हो भारतमा सुरु भएको कोरोनाको नयाँ लहर ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ र धेरै शहरहरु पहिलेजस्तै लकडाउनमा जाने तयारीमा छन् । भारतमा आइतबार २४ घण्टाको अवधिमा ४६ हजार ९ सय ५१ नयाँ संक्रमित फेला परेका थिए । सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो ।

खुल्ला सिमाना भएको निकट छिमेकी देशमा यसरी कोरोना फैलिएपछि नेपालमा असर देखिने नै भयो । नेपालमा गत पुसदेखि घट्न थालेको कोरोना संक्रमण चैत सुरु भएदेखि क्रमशः बढिरहेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने परीक्षण कमै भए पनि कोरोना संक्रमण दर भने बढेको छ ।

दैनिक २ हजारदेखि ३५ सयसम्म परीक्षण हुँदा कोरोना १ सयको हाराहारीमा नयाँ विरामी भेटिन थालेका छन् । गत पुसमा यो संख्या ५० भन्दा पनि तल झरेको थियो । फागुन ३१ गते ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः चैत १ गते ५३ जना, २ गते ७९, ३ गते ११४, ४ गते ९४, ५ गते १०६, ६ गते १२५, ७ गते ७९, ८ गते ७७ र १०५ जनामा कोरोना पुष्टि भएको छ । यो एक हप्ताको तथ्थाङकले पनि कोरोना संक्रमण बढ्दै गइरहेको देखाउँछ ।

टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला पछिल्लो समय युरोपेली देश मात्र होइन, छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएकोले त्यसको असर नेपालमा पनि पर्न सक्ने बताउँछन् । उनले नेपालमा कोरोना संक्रमणको डरलाग्दो संकेत गरे ।

उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि ती व्यक्ति निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो । जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

त्यो जमघटमा पुग्नुभएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो ।’

५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा नभएको उनी बताउँछन् । कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको डा. बास्तोलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्