दिनेश भट्ट स्कूलबाट फर्किँदै गर्दा, यी सचिव भागरथीसँग थिए…


ओकेजनता डेस्क
८ चैत्र २०७७, आईतवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका खोचलेकमा भएको भाग रथी प्रकर रणले नयाँ मोड लिएको छ । दिनेश भट्टका बुवाले आज कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै वास्तविक कुरा बताएका छन् । उनले आफ्नो छोरासँग सम्पर्क भएको र आज अर्कै बयान दिएको पत्रकार सम्मेलनमा बताए ।

दिनेशका बुवाले भने, ‘म त्यो दिन विद्यालयबाट घर फर्किरहेको थिए, बाटोमा भागरथी दिदी त्यो व्यक्तिलाई भेटेँ । आफूले त्यो अवस्थमा दिदीलाई भेटेपछि त्यस्तो नगर्न भने तर उनीहरुले मानेनन् उल्टै यो कुरा बाहिरिएमा तिम्रो सिंगो परिवारलाई अ सुरक्षा हुने बताए । मैले त्यही भएर अहिलेसम्म सत्य लुकाए ।’

उनले थपे, ‘मैले छोरालाई अहिलेसम्म किन नभनेको पनि सोधेँ उसले हजुरहरुलाई केही गर्छन की भनेर भनिन । अब तपाईं कञ्चनपुर जानुभो सुरक्षित भएको महसुश गरेकोले आज भनेको हुँ ।’

दिनेशका बुवाका अनुसार भागरथीसँग त्यो दिन लवलेक जंगलमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा कार्यरत प्राविधिक (कार्यालय सचिवको रुपमा कार्यरत) सँगै थिए । अहिले ती व्यक्ति सोही वडामा कार्यालय सचिवका रुपमा कार्यरत रहेका छन् । पत्रकार सम्मेलनमा उनले ती व्यक्तिको नाम भने खुलाएनन् ।

दिनेशका बुवाको अहिलेको भनाइले पुनः घ ट नालाई अर्कैतिर धकेलेको छ । अब दिनेशले भनेका व्यक्तिहरुमाथि पनि अनु सन्धान हुनुपर्ने स्थानीयको माग छ । स्थानीयले सबै विषयलाई स्पष्ट बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्