जब प्रधानमन्त्री र बामदेवको हेराहेर भयो, यसो भनेर फर्किए उनी


ओकेजनता डेस्क
७ चैत्र २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले सर्वोच्चबाट आएको फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताएका छन् ।

प्रधानमन्त्री केपी केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ । पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुठाउन नसकेको मात्र थियो ।

सर्वोच्चले ऋषि कट्टेलको मागलाई मात्र सम्बोधन गरेर नाम मात्र फेरेको भए नेकपाको न एकता न विभाजन हुन्थ्यो । सर्बोच्चको फैसलाले नेकपा एमाले व्युँतियो र एकबद्ध हुने स्थिति बन्यो। तसर्थ यो फैसला ऐतिहासिक छ ।’

गौतमले पुस ४ गते प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा आफू साक्षी रहेको भन्दै त्यो वार्ता प्रचण्डको कमजोरीका कारण असफल भएको पनि बताए । उनले आफू पार्टीको विघटन रोक्नका लागि प्रयत्नशील भएको र त्योबीचमा प्रचण्डले गरेको थुप्रै प्रस्तावहरु आफूले रोकिदिएको जानकारी दिए ।

तर ओलीले संसद विघटनको तयारी गरेको र अर्को समूहले अविश्वासको प्रस्तावको तयारी गरेको बारे आफूलाई थाहा नभएको बताए । यदि त्यस्तो आफूले थाहा पाएको भए आफूले रोक्ने उनले बताए ।

गौतमले सर्वोच्चको फागुन ११ गते आएको संसद पुनर्स्थापना गर्ने फैसलाले आफू खुसीले मातिएको र पछि निरास भएको सुनाए । उनले भने, ‘पछि मैले प्रधानमन्त्रीलाई राजीनामा दिनुस् भनेँ उहाँले दिनु भएन तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्केँ। जे होस् पार्टी एक बनाउन लागौँ।’ पार्टी र दलको निर्देशन मान्ने मान्न तयार रहेको बताए ।

तर गौतमले आफू नेकपा एमाले एकता अभियान छोडेर ओलीतिर भने नलागेको बताएका थिए । संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्