यस्तो कारबाही हुँदैछ माधव नेपाललाई, विधान संशोधन


ओकेजनता डेस्क
७ चैत्र २०७७, शनिबार

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए । नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यता, पार्टी संसदीय दलको बैठक चलिरहँदा एमाले नेता माधव कुमार नेपाल भने आफू निकटको युवा संघको भेलामा सहभागी भएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन नेता नेपालले गरेका छन् । उनले बेलुन उडाएर युवा संघ कार्यकर्ता भेलाको गरेका हुन् भने भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । एमालेमा विवाद चर्किरहेको बेला एमालेमा समानान्तर कार्यक्रमको अभ्यास चलिरहेको छ ।

युवा संघको कार्यकर्ता भेलामा माधव नेपालका साथै सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिस्ट, रघुजी पन्त लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्