खनाल–नेपाल पक्षले ७ गतेको बैठक बहिस्कार गर्ने


ओकेजनता डेस्क
५ चैत्र २०७७, बिहीबार

काठमाडौं । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी शर्मा ओलीले चैत ७ मा बोलाएको केन्द्रीय समिति बैठकमा नजाने बताएको छ ।

बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु नजाने प्रस्ट पारेका हुन् ।

नेता भट्टराईले पार्टी विधान अनुसार मात्रै संसदीय बोर्ड गठन गर्नुपर्ने भएपनि ओलीले उक्त बोर्ड हुकुमी शैलीमा गठन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्