गोरखामा विद्युतीकरणको काम प्रभावित


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा गोरखाका करिब २५ सय घरधुरीमा विद्युत पु¥याउने लक्ष्य रहेपनि अहिलेसम्म योजना पूरा हुन सकेको छैन ।

बारपाक र खरिबोटमा पोल गाडेर तार टाग्ने काम सम्पन्न भएको छ । अब बत्ती बाल्ने मात्रै काम बाँकी भएपनि कोरोनाको जोखिमका कारण सम्भव भएको छैन ।

सौरपानी र स्वाँरामा पनि पोल गाड्ने र तार टाँग्ने काम सकिइसकेको छ । ट्रान्सफर्मर जडानको काम भने बाँकी छ । लाप्राकको नयाँ बस्ती र घ्याच्चोकको धन्सिरामा पनि पोल राख्ने काम सकिएको छ ।

विद्युतीकरणको काम रोकिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणको बिजुली सपना पछि धकेलिएको छ ।

नयाँ विद्युतीकरण भएका सबैजसो क्षेत्रमा करिब ६० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको र मंसिरसम्म बत्ती बाल्ने योजना प्राधिकरणको छ ।

प्रतिक्रिया दिनुहोस्