ओलीको साथ छोड्दैन, भीम रावलप्रति सद्भाव नै छ : बोहरा


ओकेजनता डेस्क
४ चैत्र २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री झपड बोहराले आफूले पदका लागि ओलीको समर्थन नगरेको बताएका छन् ।

अदालतले निर्णय गर्नु पूर्व नै प्रचण्ड माधव पक्षलाई छोडेर मन्त्री पद समेत त्यागेर ओलीको पक्षमा उभिएको व्यक्तिलाई पदका लागि लागेको भन्नु हस्यास्पद हुने बोहराको भनाई छ ।

पूर्व माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेका बोहराले ओलीले देखाएको विकास र समृद्धिको सपना, राष्ट्रियताका पक्षमा लिएको अडान र बदलिएको अन्तराष्ट्रिय छवीलाई सबैले सम्मान र समर्थन गर्नु पर्ने बताएका छन् ।

बोहराले ओली आफैमा इतिहास भएको दाबी गरेका छन् । ओली जत्तीको राष्ट्रवादी, विकास प्रेमी र अडान भएको प्रधानमन्त्री अहिलेसम्म नपाएको र यसमा सबैको समर्थन र सहयोग रहनु पर्ने बताएका छन् ।

भएको बहालवाला मन्त्रीपद त्यागेर न्याय, र सत्यका पक्षमा उभिने आँट संसारमा कसैले गरेको छ, भने त्यो मैले गरेको छु, यसमा कुनै लोभ र स्वार्थ छैन्, बरु स्वाभिमान र राजनीतिक आर्दश छ, बोहराले भन्नु भयो । मन्त्री पद नै छोडेको छु, सांसद पदको आश नै नभएको उहाँको भनाई छ ।

माओवादीबाट आएको नेतृत्व फर्केपनि आफू ओलीको साथ छोड्ने पक्षमा नरहेको बोहराको भनाई छ । बरु म राजनीति नै छोडेर सामाजिक जीवनमा फर्किन सक्छु तर ओलीको साथ छोड्ने मानसिकता बनाएको छैन्, बोहराले भन्नु भयो ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्री हुँदा देखेका सपना अझै पुरा भएका छैनन्, तरपनि धेरै कुरामा सुधार भएको बताएका छन् । आफूलाई पद पाउँदा पनि गुमाउँदा पनि कुनै पीर नहुने बरु कम्यूनिष्ट आन्दोलन र एकता टुटेको प्रति दुख लागेको बताएका छन् ।

कम्यूनिष्ट एकता देशको समृद्धीका लागि आवश्यक रहेको बताउँदै बोहराले ओलीलाई पार्टी भित्रैबाट षड्यन्त्र पूर्वक असहयोग भएपनि उल्लेख्य विकास भएको दाबी गरेका छन् । प्रदेश सरकार अल्पमतमा परेको भन्दै बोहराले समिकरण फेरबदल हुन सक्ने बताएका छन् ।

पार्टी अध्यक्ष र महासचिव बहुमत केन्द्रीय सदस्य तथा दुई तिहाइ पार्टी भित्रका सांसद एकतिर हुँदा पनि गुटमा रमाउने, पार्टी एकता विरोधी तत्वले राष्ट्रिय भेला भनेर एकता विरोधी गतिविधी गरिरहेको बताएका छन् ।

प्रदेश सरकार कमिशनमा बिकेको भन्ने आरोप प्रमाण सहीत पुष्टी गर्न आग्रह गरेका छन् । बोहराले भीम रावलसँग कुनै दुश्मनी नभएको र आफ्नो अभिभावक जस्तै ठानेकोले गलत टिकाटिप्पणि गर्न जरुरी नरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्