खनाल–नेपाल राष्ट्रिय कार्यकर्ता भेला आज, देशभरबाट उत्रिए नेता कार्यकर्ता


ओकेजनता डेस्क
४ चैत्र २०७७, बुधबार

काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन् । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ ।

भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए । उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने भेलामा सहभागी हुनेहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्