प्रदेश १ का मुख्यमन्त्री बुढीसँगै उडे, सासुआमाको यस्तो प्रतिक्रिया


ओकेजनता डेस्क
३ चैत्र २०७७, मंगलवार

काठमाडौं । अहिले सामाजिक सञ्जालमा बेला बखत विभिन्न तस्बिर र व्यक्ति चर्चित हुने होडबाजी चल्ने गरेको छ । को व्यक्ति कतिबेला चर्चित हुन्छ पत्तो हुँदैन । अहिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जोडी सञ्जालमा चर्चित बनेको छ ।

शेरधन राई र उनकी पत्नी हेलिकोप्टर अगाडि उभिएको तस्बिर सामाजिक सञ्जालमा जताततै देखिएको छ । कुन प्रयोजनका लागि मुख्यमन्त्री राई हेलिकोप्टरमा उडेका हुन् खुलेको छैन ।

कतिपयले तस्बिर पोष्ट्याउँदै राज्यको सम्पत्ति दोहन गरेर कता उडेको भन्ने टिप्पणी गर्न भ्याएका छन् । कतिपयले यर्थाथ बुझेर मात्रै कमेन्ट गर्न भनिरहेका छन् । भर्खरै विवाह गरेका मुख्यमन्त्री राई अहिले प्रदेश १ को प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरेर घुमघाम गरिरहेका छन् ।

सर्वोच्चको फैसलापछि उनी पुनः बहुमतको मुख्यमन्त्री कायम भएका छन् । मुख्यमन्त्री राई आफ्नो ससुराली गाउँ संखुवासभा गएको खुलेको छ । यसबारे उनकी श्रीमती जाङ्मु शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याएकी छन् ।

तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्