प्रधानमन्त्री ओलीलाई समर्थन दिन अलग्ग्यिो महन्थको समूह


ओकेजनता डेस्क
२ चैत्र २०७७, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा समाहित हुनका लागि राजनीतिक रस्साकस्सीमा लागेको छ । केही समय अगाडि राजपा र संघीय समाजवादी फोरम मिलेर बनेको जसपा अहिले सरकारमा जान फुटको चरणमा पुगेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकूर र उपेन्द्र यादवको मत बाँझिएको छ भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि ससंसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । भट्टराईका लागि दलको अध्यक्ष बन्न चुनौति छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकूरलाई प्रधानमन्त्रीको सपना बाँडिसकेका छन् । महन्थ उपप्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । पार्टीको दबाब खेप्न नसकेका महन्थ अन्ततः आफू निकट नेताहरुसँग जुटेका छन् ।

आइतबार पनि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छुट्टै छलफलमा बसेका थिए । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन हुनुमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नै जिम्मेवार रहेको बताएका छन् । आइतबार प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षकै कारण अहिलेको अवस्था आएको दावी समेत गरे ।

सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्षको हैसियतले गरेका निर्णयहरु नसच्याउने पनि प्रस्ट पारेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षले ओलीले एकलौटी गुटको बैठक राखेर गरेका निर्णय खारेज गरे मात्रै चैत ७ को बैठकमा सहभागी जनाउने बताइरहेका बेला ओलीले त्यो निर्णय सच्याउन आफू तयार नभएको बताएका हुन् ।

उनले भने, ‘बैठकमा आउनुस्, वितण्डा गर्नु राम्रो हुँदैन । बाहिर अनेक प्रकारका तमासा बोली त्यो गरेर राम्रो हुँदैन ।’ ओलीले प्रचण्ड र नेपाल पक्षले देश र आन्दोलन विरुद्ध गल्ती गरेको दावी गर्दै गल्ती महशुस गर्नुपर्ने पनि बताए । ‘उहाँहरुले गल्ती महशुस गर्नुपर्छ । देशका विरुद्ध, आन्दोलनका विरुद्ध अपराध गर्नुभएको छ’, ओलीको आरोप छ ।

उनले संसद विघटन गर्नुभन्दा पहिल्यै माधव पक्षले आफूलाई छोडेर तमासा गरेको भन्दै प्रतिनिधि सभा विघटन गर्दैमा पार्टी फुटाउनुपर्ने बाध्यता नरहेको बताए । उनले मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा पार्टी फुटेका थिए भनेर प्रश्न समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्