अस्पतालको मनपरीले स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् ।

सरकारले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनु भनि अस्पताललाई पठाएपनि अस्पताल विकास समितिले विभिन्न बहानामा रकम रोकेको छ ।

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप भक्ता दिने निर्णय गरेको भएपनि बाँकेका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले असोजसम्म पनि जोखिम भत्ता पाउन सकेका छैनन् ।

भेरी अस्पतालर र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भक्ता नपाएको गुनासो गरेका हुन् ।

स्वास्थ्कर्मी सञ्जु कोईरालाका अनुसार जोखिम भत्ता नपाउँदा चिकित्सकहरु निराश भएका छन् । राज्यले दिएको सुविधा समयमै उपभोग गर्न नपाउँदा र अस्पतालले मनपी गर्दा चिकित्सक चिन्तित छन् ।

यता, भेरी अस्पताल विकास समितिले सरकारले उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई वितरण गर्ने भनिएको रकम पाठाइसकेकोले वितरणको तयारी भइरहेको जनाएको छ ।

सरकारले जोखिमका खटिएका स्वास्थ्यकर्मीका लागि भन्दै ७२ करोड बजेट निकासा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्