चैत ७ मा माधव पक्षको वार की पार, लचिलो बन्दै प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
१ चैत्र २०७७, आईतवार

काठमाडौं । नेकपा एमालेको विभाजनका कारण मुलुकको राजनीतिक अवस्था अस्थीर बनेको छ । एमालेका दुई पक्षले एकले अर्कोलाई आरोपप्रत्यारोप गर्ने र कारबाही गर्ने श्रृंखलालाई जारी राखेका छन् ।

पहिले नेकपालाई एक बनाउन अलग्गै मोर्चामा उभिएका बामदेव गौतम अहिले एमालेलाई एक बनाउने मोर्चामा छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई पार्टीको जिम्मेवारीबाट अप्रत्यक्ष रुपमा हटाउन खोजेपछि उनी रिसाएका छन् । प्रधानमन्त्री ओलीसँग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने पक्षमा गौतम उभिएका छन् ।

यता, एमालेको अर्को पक्ष माधवकुमार नेपाल अध्यक्ष ओलीको अपमान सहेर बस्न नसकिने पक्षमा उभिएको छ । केही दिन अघि ओलीले मनलाग्दी रुपमा आफ्नो गुटका नेताहरुलाई जिम्मेवारी सुम्पिएकोप्रति नेपाल पक्ष रुष्ट बनेको छ । अब ओलीसँग बस्नै नसकिने निष्कर्षमा नेपाल पक्ष पुगेको छ ।

प्रधानमन्त्री ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा जाने नजानेबारे माधव पक्षले औपचारिक निर्णय लिइसकेको छैन । सम्भवतः बैठकमा नजाने नेपाल पक्षको भनाइ छ । ओलसँग केही विषयमा छलफल गरेरमात्रै बैठकमा जाने–नजानेबारे निर्णय लिइने एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले माधव पक्षलाई विभिन्न वहानामा पेल्दै आएको छ । पार्टीका हरेक जिम्मेवारीबाट पन्छ्याउँदै नयाँ भित्रिएका नेताहरुलाई जिम्मेवारी सुम्पिरहेको छ । यद्यपि एमालेका नेताहरुको तुलनामा यो पदपूर्ति कागजमा मात्रै सिमित बन्नेछ, ओली आफैलाई धक्का लाग्ने स्पष्ट छ ।

 

 

प्रतिक्रिया दिनुहोस्