सक्छस् भने हटाऊ : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए ।

उनले अघि भने, ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

उनले सरकारबाट हटाए प्रतिपक्षमा बस्ने बताए । उनले भने, ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौं ।’

प्रतिक्रिया दिनुहोस्