भीम रावल पेरिसडाँडाँ गएकै हुन् त ?


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष डा. भीम रावल आज बिहान माओवादी केन्द्रको पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार बाहिरिएका छन् । आखिर माओवादी केन्द्रको स्थायी कमिटीमा राव जानुको कारण के हो ? गएका हुन् वा होइनन् भन्नेबारे चर्चा शुरु भएको छ ।

ओकेजनता डट.कम.ले डा. रावल पेरिसडाँडाँमा गए/नगएको बारे उनका स्वकीय गोविन्द दुलालसँग बुझ्दा पेरिसडाँडाँ नगएको प्रतिक्रिया आएको छ । गोविन्दले ओके जनतालाई फोन मार्फत् भनेका छन्, ‘रावल कमरेड पेरिसडाँडाँ जानुभएको छैन, उहाँ बिहानदेखि बानेश्वरस्थित अर्याल होटेलमा हुनुहुन्थ्यो ।’

केही सञ्चारमाध्यममा रावल पेरिसडाँडाँ गएको खबर सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्