एमालेमा गएका २३ केन्द्रीय सदस्यलाई स्पष्टिकरण, अब यस्तो हुन्छ


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौंं । एमालेमा केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो ।

उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।

शुक्रबार एमालेले माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

यता, नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्