मेल्लेखको विकासमा हातेमालो गरौँ : मन्त्री बोहरा


ओकेजनता डेस्क
७ आश्विन २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अछामको मेल्लेख क्षेत्रको विकासका निम्ति सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै मन्त्री बोहराले पूर्वाधार निर्माणका लागि सरकारले थुप्रै काम अगाडि बढाएको जानकारी दिएका छन् ।

मन्त्री बोहराले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताएका छन् । विशेष गरी विदेशबाट रोजगारी गुमाएर आएका युवाहरुलाई लक्षित गरी स्वरोजगारका कार्यक्रम ल्याइने बोहराको भनाइ छ ।

सबैको आवश्यकतालाई मध्येनजर गरेर प्रदेश सरकार एकिकृत विकासको ढाँचामा अगाडि बढ्ने बोहराको दाबी छ ।

मन्त्री बोहराले भनेका छन्, ‘मेल्लेख क्षेत्रको विकासका लागि प्रदेश सरकारले यो वर्ष थुप्रै कार्यक्रम अघि बढाएकोले सबैसँग सहकार्य गरेर अघि बढन आग्रह गर्दछु । विशेष गरि विदेशबाट रोजगारि गुमाएर आएका युवाहरुका लागि स्वरोजगार बनाउने कार्यक्रम तर्फ प्रदेश सरकारले जोड दिएको छ । आवश्यकताको पहिचान गरेर एकीकृत हिसाबले योजना बनाएर हरेक क्षेत्रलाई समेट्ने गरी मेल्लेख क्षेत्रका जन प्रतिनिधीहरुलाई आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्