रामेछाप सडक : माटोमाथि कालोपत्रे, जनताका आँखामा छारो !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत सित्खा–आँपचौर–रायगाउँ सडक खण्ड कालोपत्रे गरिएको एक महिनामै भासिएको छ । निर्माण ब्यवसायीले असार मसान्त सम्ममा काम सम्पन्न गर्ने हतारोमा पुरुवा माटोमाथि नै कालोपत्रे गर्दा सडक भासिएको हो ।

रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत सित्खा–आँपचौर–रायगाउँ सडक खण्ड कालोपत्रे भएको एक महिनामै भासिएको छ । निर्माण ब्यवसायिले असार मसान्त सम्ममा काम सम्पन्न गर्ने हतारोमा सडकको भित्ता काटेर थुपारिएको माटोमाथि नै कालोपत्रे गर्दा सडक भासिएको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत सित्खा–आँपचौर–रायगाउँ सडक खण्डको ११ किलोमिटर मध्य गएको आर्थिक वर्षमा सित्खा बजारबाट तीन सय मिटर सडक कालोपत्रे गरिएको थियो ।

प्रदेश सरकारको क्रमागत कार्यक्रम अन्तर्गत तीन सय मिटर सडक कालोपत्रेको लागि ८६ लाख रुपैयाँको बोलपत्र आब्हान गरिएकोमा ५६ लाख रुपैयाँमा बमकाली कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । असार मसान्तमा काम सम्पन्न गर्ने नाममा गुणस्तरहिन काम गरिदा विकास निर्माण दीगो हुन नसकेको स्थानीयको भनाई छ ।

असार मसान्त सम्ममा काम सम्पन्न नभएमा बजेट फ्रिज हुने भएकाले हतारोमा काम गर्दा सडक भासिएको निर्माण ब्यवसायी बताउछन् । असार मसान्तमा काम सम्पन्न गर्नै पर्ने भएकाले भित्ता काटेर थुपारिएको बाटो बस्न नपाउँदै कलापत्रे गर्नुपरेको कारण सडक भत्किएको निर्माण ब्यवसायीको तर्क छ ।

निर्माण ब्यवसायीले हतारमा आयोजना सम्पन्न गर्न खोज्ने परिपाटीले विकास निर्माणको काम गुणस्तरहिन हुनुका साथै बजेटसमेत खेर गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्