माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, सरकारमा जानेमा एकमत


ओकेजनता डेस्क
२९ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

विकसित राजनीतिक घटनाक्रम र केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्न शनिबार बिहान नौ बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक डाकेको माओवादी नेता गणेश साहले जानकारी दिए ।

बैठकमा एमालेभित्र बढेको विवादका विषयमा पनि छलफल हुने बताइएको छ । सँगै नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने साहले बताए ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–माधव नेपाल मिलेर आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्