पूर्व अर्थमन्त्री एवम् एमाले केन्द्रीय सदस्य बोहरालाई सम्मान


ओकेजनता डेस्क
२८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरालाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले सम्मान गरेका छन् ।

अनेरास्वव्यू कैलालीका अध्यक्ष किशोर शाह , पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कुमार बढेला, केन्द्रीय सदस्य मनोज राई, युवा सङ्घका नेता कुल रावल, अभिषेक नाथ, नेता भरत शाह, खेम रावत लगायतले बोहरालाई सम्मान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री रहँदा बोहराले गरेको आर्थिक वृद्धिदर र व्यवस्थापन जस्तै पार्टीमा पनि कुशल नेतृत्वको भूमिका निर्वाह गर्न हौसला स्वरुप सम्मान गरिएको अखिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्