प्रधानमन्त्री ओलीको निर्देशन– ‘पोखरेलजी, माधव कमरेडलाई नछोड्नु’


ओकेजनता डेस्क
२८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाललाई बोलाउन निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधव नेपाल पक्ष सहभागी नभएपछि ओलीले महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई पनि बोलाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटीमा ओलीले महासचिव ईश्वर पोखरेललाई दिएको निर्देशनबारे ती केन्द्रीय सदस्यले भने, ’आगामी केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई पनि बोलाउनू भनेर अध्यक्षले महासचिवलाई निर्देशन दिनुभएको छ ।’

एमालेको दशौं महाधिवेशन तोक्नेदेखि लिएर पदाधिकारी खारेज तथा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउनेसम्मको निर्णय गर्दा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्