एमालेमा माओवादी केन्द्रबाट २२ केन्द्रीय सदस्य (नामावलीसहित)


ओकेजनता डेस्क
२८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।

केन्द्रीय सदस्यमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह नियुक्त भएका छन् ।
त्यस्तै, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का केन्द्रीय सदस्य भएका छन् ।

एमालेका नवनियुक्त केन्द्रीय सदस्यको सपथ केही दिनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्