सातै प्रदेशमा ईञ्चार्ज फेरिए, सुदूरपश्चिममा लेखराज भट्ट


ओकेजनता डेस्क
२८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’लाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ । बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्