काठमाडौं । महाशिवरात्रीको अवसरमा जनता टेलिभिजन एचडीबाट पाशुपत क्षेत्रको बारे जानकारी दिइरहेका पत्रकार खेम बमलाई रोकेर बाबाले आशिर्वाद दिँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।
पत्रकारिता क्षेत्रमा काठमाडौंमा राम्रो छबि बनाउँदै आएका पत्रकार बमलाई बाबाले लाइभमा बोल्दै गर्दा टाउकोमा हात राखेका थिए । बमले बाबाको आशिर्वादलाई राम्रो रुपमा ग्रहण गरेका छन् ।
कोरोनाको जोखिम कम हुँदै गएको अवस्थामा पशुपति क्षेत्रमा हरेक वर्षझैँ लागेको मेलाजस्तै यसवर्षपनि श्रद्धालु भक्तजनको घुँइचो लागेको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडाले यसवर्षको व्यवस्थापन निकै व्यवस्थित भएको बताए ।
पत्रकार खेम बम जनता टेलिभिजनका जिल्ला संयोजक एवम् कुशल प्रस्तोता हुन् ।