नेपाल-खनालको विज्ञप्तिले ह,लच,ल


ओकेजनता डेस्क
२७ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बिहिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले ओलीका पछिल्ला गतिविधि पार्टी हितप्रतिकूल रहेको भन्दै वक्तव्य नै निकालेर विरोध, असहमति प्रकट गर्ने निचोड निकालेको एक स्थायी कमिटि सदस्यले सेतोपाटीलाई बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको, नवौं महाधिवेशनको विधान, नीति, कार्यदिशाविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ओली इतर समूहले विज्ञप्ति निकालेरै सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको हो।

फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओली समूहले देशभैर कार्यालयको बोर्ड परिवर्तन गरिसकेको छ। झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई निषेध गर्दै पार्टी कब्जाको शैलीमा अघि बढेको भन्दै ओली इतर समूह आक्रोशित र आन्दोलित बनेको हो।

यसैबीच कैलालीमा भीम रावलको नेमप्लेट हटाएर लेखराज भट्टको कायम गर्न खोज्दा दुई पक्षबीच झडपसमेत भएको थियो।

यस्तै सुनसरीमा ओली समूहले पार्टी कार्यालयको बोर्ड परिवर्तन गर्ने क्रममा नेपाल समूहका कार्यकर्ताबीच झडपको स्थिति उत्पन्न भएको थियो।

बैठकमा ओलीलाई अराजकता नियन्त्रण गर्न, पार्टीलाई विधि, पद्धति, विधानअनुसार चलाउन आग्रह गरेको ती सदस्यले जानकारी दिए।

अहिले एमालेभित्रको आन्तरिक एकतामै जोड दिएको र माओवादी केन्द्रलाई पनि साथै लिएर जानुपर्ने पक्षमा आफूहरू रहेको सहभागी नेताहरूको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्