कर्ण थापाको रवैयाले कैलालीका सिडियो थरथर


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको चटकपुर स्थित नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखिएको प्रदेश कार्यलयमा गजबको दृश्य देखा पर्‍यो ।

तत्कालीन एमालेका सह-संयोजक कर्ण थापा ११ बजे केहि पत्रकार र अन्य व्यक्तीहरुको एक झुन्ड बोकेर पार्टी कार्यलयको गेटमा पुगे । त्यति बेला पार्टी कार्यलयामा एमालेको बोर्ड राखि सकेको थियो ।

कार्यलयको मुल गेट बन्द गरिएको थियो । डिएसपीको कमाण्ड्मा प्रहरी परिचालन भएका थिए । थापाले गेटमा पुगेर डिएसपी लाई हकारे । मलाइ चिनेको छस ? म एमाले अध्यक्ष हु । त्यति हर्कादा पनि डिएसपीले नम्र स्वभावमा भने हामी लाई माथीको आदेश छ । गेट खोल्न मिल्दैन के, भनेका थिए थापाले खल्ती बाट मोबाइल निकाले ।

सरकारका मन्त्री र सचीवहरु लाई थर्काउन थाले । तपाइको नया सिडियो र डिएसपीले मलाइ टेरेनन । कानमा फोन लगाएर भर्खर कैलाली सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी लाई फोन गरेर थापाले भने तपाइँ को बाउको कार्यलय हो तुरुन्त खोल्नुस, नत्र राम्रो हुदैन । थापाले प्रमुख जिल्ला अधिकारी र डिएसपी लाई कुनै पनि किसिमको घट्ना भए त्यसको जिम्मा लिन्छु भने पछी गेट खोलियो ।

थापा सिधै अध्यक्ष र इन्चार्जको कार्यकक्ष हिडे कार्यलय बन्द थियो । उनले सिधै क्यान्टिनमा गएर सन्चालक लाई थर्काउन थाले । संचालकले मुख्य ढोकाको मात्र चाबी आफूसंग भएको बताएपछि थापा प्रदेश कार्यलय सचिब दिनेश सुबेदीलाइ फोनमा धम्काउन थाले ।

कार्यलय सचिव थर्काउउदै पार्टी कार्यलयको माथिल्लो तलामा रहेको आफ्नो पहिले बस्ने निवासमा पुगेर केही व्यक्तिलाई निर्देशन दिन थाले । उनीसहित प्रदेश इन्चार्ज भिम रावल र प्रदेश अध्यक्ष भानुभक्त जोशीको कार्यकक्ष बहिरको नेम प्लेट तथानाम गाली गर्दै निकालेर आफ्नो कब्जामा लिए । त्यसपछि बिहानै पार्टी कार्यलयमा युवा संघका नेताहरुले एमाले पार्टी लगाएका थिए ।

बोर्ड हटाउन लगाएपछि भिमरावल विरुद्ध नाराबाजी गर्न लगाए । सत्ताको मातमा रहेका थापाले युवा संघका नेता बाबुराजा श्रेष्ठलाई त बाहिर जा भन्दै हप्काएपछि युवा संघका नेताहरू तात्तिएका थिए। एक छिनमै इन्चार्ज भिम रावलको नेम्प्लेटको ठाउँमा थापाले लेखराज भट्टको नेमप्लेट राखे ।

सर्वोच्च अदालतको फैसला आएपछि नेकपा सम्बद्ध दल पुरानै पार्टी एमाले र माओवादी केन्द्रमा जाने निर्णय गरेसंगै दुवै पार्टीका कमिटी पुरानै स्थितिमा आएका थिए । तर सुदूरपश्चिममा भने कर्ण थापाले आफ्नो पुरानै हर्कत दोहोर्‍याएका छन् ।

नेकपा एमालेका नेता कर्ण थापाले प्रधानमन्त्रीको आडमा सुरक्षा निकायका अधिकारी लाई धम्काउन थालेका छन । नोट: आवश्यकता अनुसार भिडियो सामाग्री राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्