धनगढीमा कार्यालय फो,ड्नेलाई रावलले दिए कडा चेतावनी


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सर्वोच्चको फैसलापछि सबैले नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।  उनले विगतका तितामीठा कुराहरुलाई भुलेर अगाडि बढ्नुपर्ने बताए ।

डा. रावलले अब विगतको प्रतिशोध साधेर पार्टी अगाडि नबढ्ने बताए । आज  सुदूरपश्चिम प्रदेशमा एमालेको पार्टी कार्यालयमा भएको विषयलाई उठान गर्दै रावलले ओली पक्षले पार्टी कार्यालयमा गरेको तो,डफो,डको निन्दा गरेका छन् ।

रावलले आफूले पार्टी मिलाउने प्रयास गर्दागर्दै पनि केही गु,ण्डा,गर्दी गर्ने व्यक्तिले कार्यालयका पाँच कुसी भाँचेको र आफ्नो पक्षका नेता, कार्यकर्तालाई कुटेको प्रति भत्सर्ना गरेका छन् ।

सुदूरपश्चिम पार्टी कार्यालयमा भएको आजको घ,टनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने रावलको भनाइ छ । उनले भने, ‘बाजुरा निवासी कर्ण थापा भन्ने व्यक्तिबाट आज धनगढीमा गलत काम भएको छ ।’

नेकपा माओवादी केन्द्रको पृष्ठपोषणमा हुर्किएको व्यक्तिले एमालेभित्र गलत कदम चालिरहेको रावलको भनाइ छ । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्