प्रधानमन्त्री ओलीले बामदेवलाई नचाएको त्यो दिन


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यो तीन वर्षमा निकै खेलाडी देखिए । त्यसो त नेपाली राजनीतिमा उनको कुटनीतिक क्षमतालाई सबैैले नजरअन्दाज गर्न मिल्दैन ।

२०७५ वैशाख ३ गते भएको एमाले माओवादी एकतापछि प्रधानमन्त्री ओलीले आफूलाई बलियो सावित गर्न र विरासत जोगाइराख्न निकै प्रयत्न गर्नुपर्यो । त्यसमध्येका केही किस्साले अहिले पनि नेपाली राजनीतिलाई बडो उत्तेजित पार्दछ ।

प्रधानमन्त्री ओलीले सकेसम्म पार्टीका नेताहरुलाई छलछाम गरेर आफ्नो विरासत जोगाए । उनले निकै पापड बेल्नुपरेको थियो, यो अवस्थामा पुग्नसम्म । नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलगायतलाई प्रधानमन्त्री ओलीले निकै छकाए ।

फुटबल खेलजस्तै ओलीले आफ्नो खुट्टा वरिपरि बल घुमाइरहे । प्रचण्डले बल खोस्ने प्रयत्न गरेपनि फुत्काउन सकेनन् । अन्ततः प्रधानमन्त्री ओली आफ्नै कोर्टमा बल पुर्याए । यतिमात्र होइन फागुन ११ गतेको सर्वोच्चको फैसलाले बल खोसिएको उनी निकट नेता, कार्यकर्ताको आभासस थियो । तर, ओली कति पनि विचलित नभइ पेनाल्टी पाउने आशामा थिए । त्यहीँ भयो ।

गजबको प्रसंग त के छ भने एकदिन प्रधानमन्त्री ओलीले प्रचण्ड, माधवकुमार नेपाल र बामदेव गौतमलाई छुट्टाछुट्टै भेट दिए । ओलीले तीनै जनालाई प्रधानमन्त्री बन्ने आश्वासन र अफर पनि देखाए । यी विषयलाई अहिले प्रचण्डले नै सार्वजनिक गरिरहेका छन् ।

बामदेवलाई प्रधानमन्त्री ओलीले झुक्याएको प्रशंग बडो रोचक छ । प्रधानमन्त्रीले फोन गर्छन, बामदेवजी आउनुहोस् भेटौँ । भैँसेपाटीबाट गाडी सीधै बालुवाटार हुइकिन्छ । अबको प्रधानमन्त्री तपाईं तयारी गर्नुहोस् ओलीले भने । बामदेव खुसीले बसेकै सिटबाट उठेर एक पटक घुमेर नाच्छन् । तर, त्यो प्रधानमन्त्री बन्ने दिन कहिल्यै आउँदैन् ।

फेरि ओली संकटकै समयमा बामदेवलाई फोन घुमाउछन्, ‘बामदेवजी तपाईंलाई प्रधानमन्त्री बनाउन त हुन्थ्यो तर, अलि बढी अंग्रेजी चाहिन्छ । फेरि पनि बामदेव नतमस्तक बन्छन् । उनी भन्छन्, म प्रधानमन्त्री बन्ने पक्का थियो तर अलि अंग्रेजी कमजोर भयो ।’

प्रतिक्रिया दिनुहोस्