एमालेमा पूर्व माओवादीहरुलाई यी महत्वपूर्ण पद !


ओकेजनता डेस्क
२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत रुपमा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला पार्टी व्यवस्थापन र सत्ता समीकरणको लबिङमा जुटेका छन् ।

माओवादी केन्द्रलाई त सर्वोच्चको फैसलाले निकै ठूलो क्षति भएको छ । पार्टीका प्रभावशाली मानिएका नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट अहिले एमालेमा प्रवेश गरेका छन् । खानेपानी मन्त्री मणि थापाले त आफू माओवादी केन्द्रमा नफर्किने बताइसकेका छन् ।

अहिलेको राजनीतिक परिदृष्यलाई नियाल्दा २०७५ साल जेठ ३ गते अगाडिकैको अवस्थामा पुगिसकेको छ । अहिले आफूलाई बलियो सावित गर्न एमालेका भित्री गुटहरु उक्तिकै सक्रिय बनेका छन् । त्यसमा, बादल गुट मिसिएको छ ।

संकटको बेला साथ दिएका बादल, भट्ट, रायमाझीलाई उचित स्थान दिएर सम्मान गर्नुपर्ने एमालेका कार्यकर्ताको माग बढेको छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पार्टीमा बहस पनि शुरु भएको छ ।

माओवादी केन्द्रमा प्रचण्डको वरियतापछि रहेका बादललाई एमालेमा उपाध्यक्ष दिने तयारी गरिएको छ । उनले पनि त्यो स्थानको आशा गरेका छन् । यद्यपि एमालेका केही नेताहरु भने यो विषयमा सन्तुष्ट छैनन् । आफ्नो पद नै धरासायी बन्छ की भन्ने चिन्तामा रहेका नेताहरुले अप्रत्यक्ष रुपमा पार्टी परिवर्तन गरे सांसद पद जाने भन्दै विश्लेषण गर्न थालेका छन् ।

यता, प्रधानमन्त्री ओली जसरी पनि मिलाएर जाने पक्षमा छन् । भर्खरै उद्योग मन्त्री भट्टले बताएअनुसार प्रधानमन्त्रीले पूर्व माओवादीका नेताहरुलाई असहज नमान्न भनेका छन् ।

यतिबेला उपाध्यक्ष बामदेव गौतम पुन चिन्तामा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्