विनयजंग बस्नेतलाई यस्तो स जाय, के भन्छिन् सपना


ओकेजनता डेस्क
२५ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश् िल ल फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेतमाथिको अ नुसन् धान सकिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अ नुस न्धान सकेर विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा सजाय मागदाबी गर्दै प्रतिवेदन बुझाइएको बताए ।

केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका न ग् न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै ध म् की दिएका थिए । त्यसविरुद्ध सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत ४ फागुनमा बसपार्कबाट प क्राउ परेका थिए ।

सुरुमा अ भ द्र व्य वहार सम्बन्धी कस ुरमा ज ाहेरी दिइए पनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारो बार ऐन, २०६३ अनुसार मु द्दा प्रक्रिया अघि बढाएको थियो । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवा िरशे श व जलाउने काम गर्थे ।

सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरा र आएको थियो ।

प्रतिक्रिया दिनुहोस्