प्रचण्डले नयाँ सरकारका लागि कांग्रेससँग छलफल गर्दै, बैठक सम्पन्न


ओकेजनता डेस्क
२५ फाल्गुन २०७७, मंगलवार

काठमाडौैं । नेकपा माओवादी केन्द्रके स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

आज बसेको स्थायी कमिटीले २९ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि माओवादी केन्द्र र नेकपा एमाले ब्युतिएका छन् ।

आजकै बैठकले चैत १ गते काठमाडौंमा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ । माओवादी केन्द्रले अविश्वासको प्रस्ताव र सरकारलाई दिएको समर्थनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय पनि गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग मिलेर सरकार बनाउने बताएका छन् । कांग्रेस पनि यो पक्षमा सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्