बामदेवको अन्तिम निष्कर्ष यस्तो छ


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीमा विभाजन रोक्नका लागि अभियान सञ्चालन गरिरहेको बामदेव गौतमको समूहले सर्वोच्चको फैसलापछि एमालेभित्र न्यूनतम एकता कायम हुनुपर्ने निस्कर्ष निकालेको छ ।

अदालतको फैसलालाई स्वभाविकरुपमा लिएर कार्यान्वयनमा लैजानुको विकल्प नभएको सो समूहको ठहर छ ।

एकता अभियानका सचिव बाबुराम थापाले भने, ‘सम्भव भयो भने नयाँ शिराबाट वामपन्थी एकताका निम्ति नै पहल गर्ने हो । त्यो नभएसम्म व्यूँतिएको एमालेमा शिर्ष नेताबीच आधारभूत सहमति र सम्मानको वातावरण हुनुपर्ने हाम्रो निस्कर्ष छ ।’

पार्टी एकता अभियानलाई निरन्तरता दिने निर्णय पनि वामदेव समूहको वैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्