पेरिसडाँडाँ बैठक : अन्ततः छुट्टिए एमाले–माओवादी


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्षले अन्ततः एमाले र माओवादी अलग–अलग भएर जाने निर्णय गरेका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए । यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ ।

यता, नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

त्यस्तै, नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्