यी केन्द्रीय नेताहरु पूर्व एमालेमा फर्किँदै


ओकेजनता डेस्क
२४ फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेपालको राजनीतिक माहोल बदलिएको छ ।

सर्वोच्चको फैसलाले नेकपालाई २०७५ साल बैशाखकै पूर्ववत एमाले र पूर्व माओवादी केन्द्रमा पुर्याएको छ । सर्वोच्चले अप्सन पनि दिएको छ, मिल्ने नै स्थिति भए नयाँ शीराबाट आउने बाटो खुला छ ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्चको निर्णयले प्रचण्ड–नेपाल पक्षलाई निकै थकित तुल्याएको विश्लेषण हुन थालेको छ । ओली पक्षले त सर्वोच्चको फैसलाको स्वागत गर्दै आइतबार दीप प्रज्ज्वलन समेत गरिसकेको छ ।

यो फैसलाले तल्लो नेकपाका तल्लो तहका नेता, कार्यकर्ता भन्दा पनि केन्द्रीयस्तरका नेताहरुलाई रनभुल्लमा पारिदिएको छ । पूर्व एमालेमा जाँदा प्रधानमन्त्री केपी ओलीको दबदबा नजाँदा जीवनमै नलडेको हसियाँ हतौडामा निर्वाचन लड्नुपर्ने माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको बाध्यता बनेको छ ।

अर्को पट्टी ओली पक्षमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लेखराज भट्टलगायतलाई उस्तै समस्या छ । पूर्व माओवादी केन्द्रमा नफर्किदाँ संसद पद नै जाने टर, फर्किदाँ प्रचण्डको दबदबा । टोपबहादुर रायमाझीको कुरै नगरौँ ।

अहिलेको सर्वोच्चको निर्णयले पूर्व एमालेमा केन्द्रीय नेताहरु पार्टीमा फर्किने तयारी गरिरहेको स्रोतले जनाएको छ । साविक एमालेका वरिष्ठ नेता नेपालले त एमाले आफूले जन्माएको पार्टी भएकोले नछोड्ने बताएका छन् ।

नेता योगेश भट्टराई, धनश्याम भुसाल निरन्तर कानूनी परामर्शमा रहेका छन् । अब, एमाले र सूर्यमै फकर्नुको विकल्प नभएको उनीहरुको भित्री मनसाय छ । यसरी हेर्दा अबको राजनीति ओली पक्षमा कोल्टे फेरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्