ट्रमाबाट बाहिरिए डा. केसी…


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको अनसन जारी छ । तर, त्यो अनसनले सरकारलाई छुन सकेको छैन ।

अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी केही समय राष्ट्रिय ट्रमा सेन्टरमा बसेर बाहिरिएका छन् ।

त्रिभुवन विमानस्थलबाट प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगे पनि उनी मंगलबार साँझ त्यहाँबाट बाहिरिएका हुन् ।

केसीका सहयोगी डा. प्रविण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ गएका छन् ।

उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्