प्रधानमन्त्रीको सुवास नेम्बाङलाई बालुवाटार सुम्पिने यस्तो चाल


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाड्नै परे आफ्नै विश्वासपात्रको हातमा सुम्पने गरी प्रस्ताव अघि बढेको छ । प्रधानमन्त्रीका हरेक विवादास्पद कदममा जानेर, नजानेर, रहरले या कहरले साथ दिँदै आउनुभएका सुवास नेम्वाङलाई सिंहदरबार र बालुवाटारको जिम्मा लगाएर आफू बालकोट जान तयार रहेको भन्ने ओलीको प्रस्तावलाई नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ठाडै अस्वीकार गरिदिनुभएको हो ।

बानेश्वरस्थित संसद भवनभित्रको ल्होत्से हलमा आज ३ बजेको लागि निर्धारित नेकपा ओली समूहको संसदीय दल बैठक एकाएक बालुवाटार सारिएको थियो । साढे ३ बजे शुरु भएको बैठकमा थोरै समय बोलेर मेलम्चीको पानी खसाल्ने भन्दै प्रधानमन्त्री एकैछिनमा निस्किनु भएको थियो । बैठकलाई लगभग अनौपचारिक ढंगले अन्त्य गरिएको सहभागी एकजना माननीयले बताएका छन् ।

मकवानपुरका नेकपा नेता कृष्णप्रसाद दाहाललाई प्रयोग गरेर प्रचण्ड-नेपाल समूहलाई फकाउने कोशिस पनि एकैसाथ गरिएको थियो ।

बिहीबार अपरान्हदेखि प्रधानमन्त्रीको योजना र रणनीति खस्कन थालेपछि बालुवाटारले हिजो एकैचोटी तीन चार ठाउँमा लाग्ने गरी नयाँ अस्त्र प्रहार गरे पनि ती सफल साबित भएका छैनन् ।

बूढी औंलामा चोट लागेर ह्याण्डीप्लास्ट लगाई बस्नुभएका उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा हिजो साँझ प्रधानमन्त्रीसहित छ जना मन्त्री तथा सल्लाहकार र नेताहरू रहेको उच्चस्तरीय टोली एकाएक बालुवाटारबाट हान्निएको थियो । त्यसरी सबैलाई चक्मा खुवाउने गरी भैंसेपाटी जानुको गुह्य गौतम हामीहरूसँगै छन् भनेर बाहिर सन्देश दिन खोज्नु हो भन्ने एकथरिको टिप्पणी छ । ढुलमुलको अवस्थामा रहेका भनिएका तुल्सा थापा र लालबाबु पण्डितसहित ७ जना सांसदलाई विश्वास दिलाउन हिजो साँझको भैंसेपाटी यात्रा तय गरिएको बताइन्छ ।

तुल्सा थापा र लालबाबु पण्डितसहित ७ जना सांसदलाई विश्वास दिलाउन हिजो साँझको भैंसेपाटी यात्रा तय गरिएको बताइन्छ ।

त्यसैगरी, यसबीच नेपाली काँग्रेसलाई गृह मन्त्रालयसहित १५ वटा मन्त्रालयको अनौपचारिक अफर गरिएको पनि बोहोराटारतिर चर्चा छ ।

आजै प्रतिनिधि सभाको अर्थ समितिका सभापति तथा मकवानपुरका नेकपा नेता कृष्णप्रसाद दाहाललाई प्रयोग गरेर प्रचण्ड-नेपाल समूहलाई फकाउने कोशिस पनि एकैसाथ गरिएको थियो । यसअघि पार्टी विवाद उत्कर्षमा पुगेका बेला ७१ जना सांसद विभाजन भएमा कतै नलाग्ने भनेर प्रतिबद्धता जाहेर गरेका थिए ।

आज बिहानदेखिको दौडधुपको सार थियो ‘हामीले प्रधानमन्त्रीलाई बल्लबल्ल राजीनामा दिन मनाएका छौं,अब उहाँको रोजाईको नेतालाई वैकल्पिक प्रधानमन्त्री बनाएर जाऔं । बरु त्यसको लागि आजै संयुक्त विज्ञप्ति नै जारी गरेर अघि बढौं ।’

तिनै हस्ताक्षरकर्तामध्ये केहीलाई ‘लौ पार्टी मिलाउन पर्यो’ भन्दै बालुवाटारबाट खुमलटार र कोटेश्वरतर्फ दौडाइएको हो । उनीहरूले दुवै ठाउँमा ‘नयाँ ढंगले जानुपर्यो कमरेड’ भनेका थिए ।

उनीहरूको आज बिहानदेखिको दौडधुपको सार थियो ‘हामीले प्रधानमन्त्रीलाई बल्लबल्ल राजीनामा दिन मनाएका छौं,अब उहाँको रोजाईको नेतालाई वैकल्पिक प्रधानमन्त्री बनाएर जाऔं । बरु त्यसको लागि आजै संयुक्त विज्ञप्ति नै जारी गरेर अघि बढौं ।’ तर,त्यो प्रयास पनि क्षण भरमै निस्तेज भएको छ ।

बालुवाटारको प्रस्ताव सुनाउँदै दाहाललगायतका माननीयले भनेका थिए ‘सुवासबाहेक अरुको नाममा बूढा मान्दैनन् । त्यसैले उहाँलाई बनाऔं,युवा पुस्तामा नेतृत्व हस्तान्तरण भएको सन्देश पनि जान्छ ।’ तर,जवाफमा ‘६५ पुगेका नेम्वाङ्ग कसरी युवा पुस्ता भए ? उनी केपी ओलीका हरेक कदमका सारथी हुन्’ भनिएपछि बालुवाटारको प्रस्ताव बोकेर गएकाहरू नाजवाफ भएको स्रोतको दाबी छ ।

दाहाल र नेपालको जवाफ उद्धृत गर्दै स्रोतले भनेको छ ‘माधव नेपालको विश्वासमा पूर्व सभामुख र दुुईपटक संविधान सभाको अध्यक्ष भएका व्यक्तिले ओलीलाई खबरदारी गरेर ट्र्याकमा राखेको भए वा राख्न चाहेको भए संसदीय दलको उपनेताबाट धेरै कुरा सल्टिन्थ्यो । तर,उनले आफ्नै नेतृत्वमा बनाइएको संविधान विपरित हुनेगरी उग्र बोलेर हिँडे । त्यस्तालाई कदापि स्वीकार्न सकिन्न ।’

त्यसो त अहिले प्रधानमन्त्री केपी ओलीको हैसियत हारेको जर्नेलभन्दा बढी छैन । तर, अदालतको आदेशबाट होओस् वा जनताको आन्दोलनको बलबाट जितेर आएको पक्षका प्रचण्ड, नेपाल वा खनाललाई नजरअन्दाज गर्न खोज्ने शक्ति ओलीलाई अझै कहाँबाट आयो ? भन्दै स्रोतले भनेको छ ‘ती तीनबाट बाहेक अन्यबाट अहिले प्रधानमन्त्रीको कल्पना पनि गर्न सकिँदैन ।’

‘उनीहरूबाट किन नहुने ? ओलीले नै मुद्दा हार्ने ? अनि उनैले भनेको मान्छे प्रधानमन्त्री हुनुपर्ने ? किमार्थ हुन सक्दैन । अब उनको सिंहदरबार र बालुवाटारबाट सम्मानजनक बहिगर्मनको विकल्प बाहेक अरु केही नरहेको’ स्रोतले दाबी गरेको छ । सम्मानजनक बहिगर्मनको ब्याख्या गर्दै स्रोतले भनेको छ ‘प्रतिनिधिसभा वा अन्य जहाँबाट भएपनि यो यो कारणले मैले राजीनामा दिएँ भनेर निस्कनुको विकल्प छैन, सम्बोधनमा मैले त्याग गरेँ भन्ने ।’

अब पार्टी र सरकारको नेतृत्व विजयी पक्षबाट हुने अन्यथा, प्रधानमन्त्रीलाई हटाउनुको विकल्प नरहेको खुमलटार स्रोतले बताएको छ । बालुवाटारबाट आएको पछिल्लो प्रस्तावबारे खुमलटार स्रोतले भनेको छ ‘घुमाइफिराई केपीलाई नै बलियो बनाउने, उनको लाज ढाक्नको लागि अरुले लम्पसार परिदिनुपर्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन ।’
जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्