देउवाले प्रधानमन्त्री रेसमा १८ पटक पनि रोकिन भन्दा रामचन्द्र भुतुक्कै


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाली राजनीतिक वृत्तमा अहिले नेपाली कांग्रेस सरकार स्थापनार्थ निर्णायक बनेको छ । नेकपामा मतभेद आइसकेपछि नेकपा निर्णायक बनेको हो ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अवसर ढोकामा पर्खेको छ तर, उनी झ्यालबाट चिहाइरहेका छन् । कांग्रेस कुनै पनि हालतमा सरकारमा जान नहुने भन्दै इत्तर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल लागिरहेका छन् । यतिमात्र होइन शनिबार सभापति देउवाले आफ्नो मुखै खोले, ‘मैले रामचन्द्रजी प्रधानमन्त्रीका लागि १८ पटक उठ्दा पनि मैले नाइ भनिन ।’

अर्को प्रशंगमा काँग्रेस सभापति देउवाले सरकारमा जान आफू लालायित नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभामा उनले भने, ‘केही राजनीतिक कुरा उठिहाल्यो मैले नबोलि पनि भएन । बोल्नै पर्यो । हामी सरकारमा जान लालायित छैनौं, मेरो कुरा सुन्नुहोस् । एउटा कुरा के छ भन्नु हुन्छ भने विपक्षी दलको नेता भनेको ‘प्राइमिनिस्टर इन वेइटिङ’ हो नि । सरकार असफल हुँदा उसैको टाउकोमा आउँछ । पहिलो कुरा मैले हुँदैन भनेको छु ।’

तर देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको उनको भनाइ छ । ‘ मैले प्रधानमन्त्री हुदिनँ भन्दा पनि प्रधानमन्त्री हुन्छ कि भनेर रामचन्द्रजीलाई चिन्ता लागि सक्यो । उहाँ प्रधानमन्त्री हुन १८ पटक चुनाव लडेका हुन् । १८ पटक लडेको छ, लडेको छ । सफल हुनु भएन । मैले रामचन्द्र हुनुहुँदैन भनेको थिइनँ । उहाँ हारेको छ, हारेको छ ।’

देउवाअघि बोलेका पौडेलले काँग्रेस सरकारमा जान नहुने भन्दै प्रतिपक्षीको हैसियत बिर्सन नहुने बताएका थिए । यसबारे देउवाले भने, ‘अहिले हाम्रो हैसियतै छैन भन्नुहुन्छ । विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्री हो । तै पनि मैले प्रधानमन्त्री खान्छु भनेकै छैन । म प्रधानमन्त्री हुन्छु कि भनेर चिन्ता नगर्नुहोस् । हाम्रो म्यान्डेट नै थिएन । हारेको पार्टी थियो भन्ने होइन विपक्षीसँग सरकार बनाउने म्यान्डेट हुन्छ ।’

फरक प्रशंगमा सभापति देउवाले अब पार्टीको महाधिवेशन एक दिन पनि नसर्ने बताए । ‘पार्टी एक बनाएर लानुछ । छिटो नेपाली काँग्रेसको अधिवेशन गरौं । पार्टीको महाधिवेशन एक दिन पनि सर्दैन । भनेकै दिनमा गरिन्छ ,’ देउवाले भने । तर पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ । ‘जितेपछि मात्तिने र हारेपछि आत्तिन हुँदैन । हार स्वीकार गर्नुपर्छ,’ उनले भने ।

यस्तै उनले पार्टीको अधिवेशनपछि नेविसंघको पनि अधिवेशन गरिने बताए । देउवाले भने, ‘पार्टीको अधिवेशन भएको भोलिपल्ट नेविसंघको कार्यसमितिलाई हटाइदिऊ । पार्टीको अधिवेशन गरेपछि त्यसको अधिवेशन गर्नु राम्रो हुन्छ ।’ पार्टीका भ्रातृ संगठनमा नेताहरुको हस्तक्षेप पढेको देउवाले बताए ।

‘सबै नेताले नेविसंघमा हाल हालेका छ, महिला संघमा हात हालेका छन् । उनीहरुले निर्णय गर्नै पाउँदैनन् । अनि कसरी हुन्छ ?,’ देउवाको प्रश्न छ । काँग्रेस नेता पौडेल, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार गठन

प्रतिक्रिया दिनुहोस्