शाहरुख र अक्षय एकसाथ काम नगर्नुको यस्तो कारण


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खान र अक्षयकुमार सँगै फिल्म नखेल्नुको कारण खुलेको छ । उनीहरु प्रायः एउटै प्रोजेक्टमा देखिने गरेका छैनन् ।

बलिउडमा सुपरस्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । यसको एउटा कारण शाहरुख खान आफैले खुलाएका छन् ।

एक अन्तरवार्तामा शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको बताएका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिलकुलै फरक भएको समेत बताएका थिए ।

शाहरुख खानका अनुसार अक्षय बिहान एकदमै छिट्टो उठ्ने र उनलाई राति अबेरसम्म शुटिङ गर्न मन नपर्ने र शाहरुख खानको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरे ।

यद्यपि, शाहरुख खान अक्षय कुमारसँग काम गर्न चाहान्छन् । उनीहरु एकअर्कामा मिल्ने साथी पनि हुन् । भारतीय फिल्म जगतमा उनीहरुको चर्चा निकै हुने गर्दछ ।

बलिउडका सुपरस्टार सलमान खान, अक्षय कुमार, शाहरुख खानलगायतमा नायकहरु आफैमा मिल्ने साथी हुन् ।

उनीहरुको आआफ्नो जीवनशैली रहेको छ । फिल्मी जगतमा नाम कमाएका यी कलाकार सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुने गर्दछन् । सबैले आफूले कमाएको केही हिस्सा रकम समाजसेवामा पनि लगाउने गरेका छन् ।

बढीजसो समाजसेवा गर्न रुचाउनेमा सलमान खानको नाम अग्रपंक्तिमा आउने गर्दछ । उनले आफूले कमाइ गरेको धेरै हिस्सा रकम समाजसेवामा खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्