पुरानो पाइपबाट पनि मेलम्चीको पानी यसरी आउँदै


ओकेजनता डेस्क
२२ फाल्गुन २०७७, शनिबार

काठमाडौं । लामो समयपछिको प्रतीक्षाको घडी आजको दिनमा आएर पूरा हुँदैछ । काठमाडौंबासी मेलम्चीको पानी आउने भएपछि खुसी भएका छन् ।

मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ । तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ । परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥;याए् वित्ण प्रणालीबाट ग्राहकका धामा पठाइनेछ ।

मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ ।

मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिए ।

उन्का अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ ।

आज पानी आउने भएपछि काठमाडौंबासीले खुसीयाली मनाउने भएका छन् । काठमाडौंमा मेलम्ची आएसँगै पानीको अभाव टर्ने भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्