राप्रपा निर्वाचन आयोगमा दर्ता


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच पार्टी एकता भएको करिव ६ महिनापछि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

चुनाव चिन्हमा ‘हलो कि गाई’ भन्नेमा विवाद हुँदा एकता नै भंग हुने अवस्था आएपछि चुनाव चिन्ह ‘हलो’ राख्ने गरी आयोगमा दर्ता भएको हो ।

चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विवाद हुँदा राप्रपा निर्वाचन आयोगमा दल नै दर्ता हुन सकिरहेको थिएन् । रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुने राप्रपाले निर्णय गरेको छ ।

अध्यक्ष कमल थापा गाई र पशुपति शमशेर राणा एवम् डा. प्रकाशचन्द्र लोहनीले हलो चिन्हमा अडान लिएपछि दर्ता हुन सकेको थिए । सहमतिपछि अध्यक्ष कमल थापाले ‘गाई’ उपयुक्त चुनाव चिन्ह भएपनि पार्टी एकता बचाउनका लागि सम्झौता गरिएको प्रतिक्रिया दिनुभएको छ । सबैको सहमतिमा चुनाव चिन्ह ‘हलो’ राखिएकाले पार्टी एकता अझै मजबुत भएको राप्रपाका नेताहरुको भनाइ छ ।

हालसम्मको निर्वाचन र चुनावी परिणामलाई हेर्दा गाईमा भन्दा हलोमा मत बढी खसेको राप्रपा नेता धुर्व प्रधानको दावी छ । नेपाल कृषि प्रधान देशका साथै आमजनताले अवनत्व लिएको हुनाले ‘हलो’ चिन्ह नै उपयुक्त भएको उहाँको ठहर छ ।

राप्रपाले एकता महाधिवेशनको मिति पनि टुंगो लगाएको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २५ देखि २८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्