विप्लवले यसरी कटाएका थिए चार वर्ष


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । यतिबेला नेपाली राजनीतिको वृत्तमा अगाडि आउने नाम बनेको छ, नेत्रविक्रम चन्द ‘विप्लव’ । उनको हक्की स्वभाव र निडरताले पार्टीका सबै कार्यकर्ता विप्लवप्रति ओतप्रोत पनि छन् ।

विप्लवले जसरी हक्की र निडरताको परिचय बनाएका छन् उत्तिकै उनीमा दया भाव र सत्कर्म पनि छ । विद्यालय समयदेखि नै साथीहरुका प्रिय पात्र विप्लव कसैको दुःख देख्न सक्दैनन् ।

जीवनमा उनले गरेका राम्रा, नराम्रा कामको समिक्षा भन्दा पनि उनले अहिले समातेको बाटो र जनतामा पलाएको आशामा अहिले बहस केन्द्रीत हुन थालेको छ ।

विप्लव सशस्त्र द्वन्द्वको समयमासँगै काम गरेका सहपाठीहरुलाई छोडेर अलग धारमा गएको चारवर्ष बेसी बितेको छ । उनले आफूले चाहेको व्यवस्था र जनताका हक अधिकार स्थापित हुन नसकेपछि बाटो मोडेका थिए ।

आजको दिनमा जंगल भन्दा पनि सार्वजनिक भएर जनताको नजिक रहेर दुःख सुख बाड्न सकिन्छ भन्ने हेतुले उनको सार्वजनिकीकरण भएको छ ।

शुक्रबारको सरकार र विप्लव पक्षको सहमति पत्रमा हस्ताक्षरका क्रममा उनले विदेशीसँग घुँडा नटेक्ने तर यसै धर्तीमा गाडिन तयार भएको उद्घोष गरेका थिए ।

यतिमात्र होइन आफूसँग भएका सहमतिमा गलत फाइदा लिन खोजिएमा पनि राम्रो नहुने उनको तर्क थियो ।

राजनीतिक परिवर्तनका क्रममा देश र जनताका हक स्थापनार्थ आफूले केही समस्या झेल्नुपरेको उनको तर्क थियो । अहिले पनि श्रमिक वर्गका अधिकार कुण्ठित भएको भन्दै विप्लवले आगामी यात्रा भनेको गरिबका मुहारमा खुसी ल्याउने रहने बताए ।

विप्लव चार वर्षसम्म भारतका केही ठाउँ र नेपालका दुरदराजका क्षेत्रमा सामान्य जीवनशैलीमा बस्दै आएका थिए ।

उनले आफ्नो हुलिया लुकाउनका निम्ति मजदूरी समेत गर्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्