चारवर्षपछि सहपाठीले विप्लवलाई भेट्दा


ओकेजनता डेस्क
२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । शुक्रबार सार्वजनिक भएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ ।

हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।

यता, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । उनी अहिले काठमाडौंको सामाखुसी आइपुगेका हुन् । सामाखुसीमा उनले केहीबेर आराम गर्ने भनिएको छ ।

आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए ।

शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । विप्लव हस्ताक्षर कार्यक्रममा सहभागी हुन शुक्रबार नै नवलपरासीबाट गाडी चढेर काठमाडौं आएका हुन् ।

राष्ट्रियसभागृहमा हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ । राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्