तपाईंको आज
मेष– सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।
वृष– प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।
कर्कट– आम्दामीले साथ दिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
सिंह– घरायसी काममा विवाद हुनेछ । धनको अशान्तिले पिर्नेछ । सन्तानलाइ विसन्चो बढ्नेछ ।
कन्या– व्यावसायिक छोटो यात्रा हुनेछ । नया काममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
तुला– खानपिनमा रमाइलो मिल्नेछ । मीठो वोली बिक्नेछ । धनलाभको योग पर्नेछ ।
वृश्चिक– नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथिभाइसंग रमाइनेछ ।
धनु– काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।
मकर– नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
कुम्भ– ठूलाबडाले साथ दिनेछन् । काममा चर्चा मिल्नेछ । सरकारी साथ पाइनेछ ।
मीन– सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।